दमौली । व्यास नगरपालिका-३ विपी वनवाटिकामा जारी पॉचौ तनहुँ जनजाति तथा सांस्कृतिक महोत्सव एक दिनका लागि स्थगित गरिएको छ । पोखरामा आइतबार भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोक विदा दिइएकाले आयोजकले आजका लागि महोत्सव स्थगित गरेको हो ।
छिमेकी जिल्लामा भएको दुर्घटनाले सबै शोकमा रहेकाले महोत्सव स्थगित गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सुजित हिराचनले बताए । साथै माघ ३ गते समापन हुने भनिएकामा माघ ४ गते समापन कार्यक्रम गरिने जनाइएको छ ।