दमौलीमा विद्युतीय गाडीको टेष्ट ड्राइभ हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा विद्युतीय गाडीको टेष्ट ड्राइभ हुँदै

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७९, मंगलवार

    दमौली । दमौलीमा विद्युतीय गाडीको टेष्ट ड्राइभ हुने भएको छ । गण्डकी प्रदेशका लागि सिप्रदी ट्रेडिङको आधिकारिक विक्रेता दिप मोटर्स प्रालिले दमौलीमा विद्युतीय गाडीको टेष्ट ड्राइभ गराउन लागेको हो ।

    टेष्ट ड्राइभका लागि टाटा नेक्सन र टिगर गाडी उपलब्ध हुनेछ । व्यास-४ स्थित पिस प्याराडाइज होटलमा माघ ४ गते कार्यक्रम तय गरिएको छ ।

    विद्युतीय सवारी सम्बन्धि जानकारी दिन तथा ग्राहकको जिज्ञासाहरुलाई सम्बोधन गर्न, टेष्ट ड्राइभको माध्यमबाट भौतिक अनुभूती गराउन कार्यक्रम गर्न लागिएको बताइएको छ ।

    टेष्ट ड्राइभसँगै पुरानो गाडीको उचित मूल्यांकन सहित एक्सचेन्जको पनि सुविधा दिइने जनाइएको छ ।