दमौली । नाबालिक जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहको मुद्धामा आज सुनुवाई हुने भएको छ । पटक-पटक पेशी तोकिएर स्थगित भएको शाहको मुद्धामा आज सुनुवाई हुन लागेको हो ।
शाह विरुद्धको मुद्धामा नवलपुर अदालतबाट फैसला भइसकेपनि तनहुँ अदालतमा मुद्धा विचाराधीन छ । नवलपुरको फैसला विरुद्ध शाहले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका छन् ।