म्याग्देकाे राष्ट्रपति रनिङशिल्डकाे उपाधि राधा माविलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    म्याग्देकाे राष्ट्रपति रनिङशिल्डकाे उपाधि राधा माविलाई

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७९, बिहीबार

    दमाैली । म्याग्दे गाउँपालिकाले आयाेजना गरेकाे राष्ट्रपति रनिङशिल्डकाे उपािध राधा मावि जामुनेले जितेको छ । बिहीबार सम्पन्न प्रतियाेगितामा विभिन्न विधामा उत्कृष्ट हासिल गर्दै राधाले उपाधि जितेकाे हाे ।

    प्रतियाेगितामा मिन मावि द्वितीय र गणपति मावि तृतीय भएकाे छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश: रु २० हजार, रु १५ हजार र रु १० हजार नगद प्राप्त गरेकाे छ ।

    प्रतियोगितामा भलिवल, कवड्डी, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड र १५०० मिटर दौड, रिले दौड १०० र २०० मिटरको, हाईजम्प, लङ्गजम्प, त्रिपल जम्प, छेलो हान्ने र भाला फाल्ने खेल सञ्चालन गरिएकाे थियाे ।

    विजेतालाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विद्यालय स्तरदेखि नै खेल खेल्दा वृद्धि विकासमा सहयाेग पुग्ने बताए ।

    उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिने बताए ।