उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०७९, आईतवार

    काठमाडौं । नेपालमा बज पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ।

    आज दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश नं. १ , गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।