बिप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बिप्लव नेतृत्वको नेकपाले ५ र १५ फागुनमा देशव्यापी प्रदर्शन गर्ने

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७९, बुधबार

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको बताए ।

    ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्दछौं,’ उनले भने  ।  नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले हालै सम्पन्न केन्द्रिय समितिको बैठकको निर्णय पनि सावर्जनिक गरेको छ ।