बेरोजगार महिलालाई आत्मनिर्भर बनाउँदै बन्दीपुर-१
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बेरोजगार महिलालाई आत्मनिर्भर बनाउँदै बन्दीपुर-१

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७९, शुक्रबार

    दमौली । बन्दीपुर गाउँपालिका-१ का विपन्न र बेरोजगार महिलाहरुलाई सिलाई कटाई तालिम सुरु गरिएको छ।

    गण्डकी प्रदेश सरकारको व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा ३ महिने (३९० घण्टा) सिलाई तथा कटाई तालिम सुरु गरिएको हो।

    कम शिक्षित, दलित विपन्न तथा बेरोजगार महिलाहरुलाई लक्षित गरी सीप सिकाउने र महिला उद्यमी बनाएर बेरोजगारी हटाउने कार्यक्रम अन्तर्गत यो तालिम सञ्चालन गरिएको वडाध्यक्ष शिव कुमार श्रेष्ठले बताए ।

    तालिममा सहभागीहरू घरमै बसेर सीप सिक्ने अवसर पाएकोमा निकै खुसी लागेको बताउँछन्। हाल २० जना महिला दिदी बहिनीहरू उक्त तालिममा सहभागी रहेका छन्।

    वडामा निकट भविष्यमा नै मेडपा कार्यक्रम अन्तर्गत अन्य २० जनालाई सिलाई कटाई तालिम, २० जनालाई प्याकेजिङ्ग र फाईबरको झोला बनाउने तालिम सञ्चालन गर्ने प्रक्रिया अन्तर्गत प्रशिक्षार्थीहरू छनौट समेत गरिसकेको श्रेष्ठले बताए ।