म्याग्देको गुन्जरामा खाद्य मेला सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देको गुन्जरामा खाद्य मेला सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०७९, बिहीबार

    दमौली । गु्न्जरा अर्गानिक कृषक समुहको आयोजना, म्याग्दे गाउँपालिका र चिल्ड्रेन नेपालको समन्वय र सहकार्यमा खाद्य मेला सम्पन्न भएको छ।   

    उक्त मेलामा स्थानीय कृषकबाट उत्पादन भएका रैथाने अर्गानिक वस्तुहरुको प्रदर्शन र विक्री गरिएको थियो ।

    दिल माया थापाको अध्यक्षतामा भएको कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले स्थानीय वस्तुलाई प्रबर्धन गर्नुपर्ने बताए ।

    चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले मेलाको उद्देश्य माथि प्रकाश पार्दै मेलाले अर्गानिक उत्पादन तर्फ ध्यानाकर्षण गर्न थप प्रेरणा मिल्ने उल्लेख गरे।