सचिन स्मृति दौडको उपाधि गोरखाका बोगटीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सचिन स्मृति दौडको उपाधि गोरखाका बोगटीलाई

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०७९, आईतवार

    दमाैली । रोटर्याक्ट क्लव अफ दमौलीले आयोजना गरेको सचिन स्मृति दौडको उपाधि गोरखाका दिनेश बोगटीले जितेका छन् । क्लवका संस्थापक सचिन स्व. सचिन श्रेष्ठको स्मृतिमा आइतबार आयोजित खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका निवासी बोगटीले जितेका हुन् ।

    व्यास नगरपालिका–३ अनसनचौतारादेखि व्यास नगरपालिका–१४ छाब्दीसम्मको नौ किलोमिटर दूरी २९ मिनेट ३० सेकेण्डमा पूरा गर्दै बोगटीले उपाधि जितेका हुन् ।

    प्रतियोगितामा तनहुँको आँबुखैरेनी गाउँपालिकाका सनम गुरुङ द्वितीय भएका छन् । उनले उक्त दूरी ३० मिनेट १० सेकेण्डमा पूरा गरे। ललितपुरका विकेश घिमिरे ३० मिनेट ५२ सेकेण्डमा उक्त दूरी पार गर्दै तृतीय भएका छन् । त्यस्तै तनहुँको भानु नगरपालिकाका अनिल मजकोटी सान्त्वना भए । उनले उक्त दूरी ३२ मिनेट ३० सेकेण्डमा पूरा गरे ।

    प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने धावकलाई क्रमशः रु १४ हजार, रु १२ हजार, रु १० हजार र रु दुई हजार प्रदान गरिएको छ । दौडमा ८८ धावकको सहभागिता रहेको क्लवका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए।

    सन् २००३ देखि क्लवले हरेक वर्ष स्व. श्रेष्ठको सम्झनामा खुल्ला दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । क्लवको कार्यक्रममा भारतको कलकत्ता जाने क्रममा वीरगञ्जमा बस दुर्घटनामा परी श्रेष्ठको निधन भएको थियो । क्लवले हरेक वर्ष सचिनको स्मृतिमा दौड र रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

    यसअघि प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक क्रियाकलापमा रोट¥याक्टले आफूलाई अब्बल साबित गर्दै गइरहेको बताए। प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले सवारी दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण लगायतका काममा युवाहरुको सहयोग अपरिहार्य रहेको बताए ।