जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड फागुन १२ र १३ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड फागुन १२ र १३ गते

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०७९, मंगलवार

    दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा फागुन १२ र १३ गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड हुने भएको छ । जिल्लाका दशवटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि अब जिल्लास्तरीय रनिङशिल्ड गर्न लागिएको हो ।

    व्यास-१ भादगाउँस्थित निर्मल माविको खेलमैदानमा रनिङशिल्ड सञ्चालन गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । व्यास-३ विपी वनवाटिका खेलमैदान सुधारको काम भइरहेकाले निर्मलमा रनिङशिल्ड सञ्चालन गर्न लागिएको हो ।

    रनिङशिल्डमा भलिबल, कँराते, एथलेटिक्समा विद्यार्थीबीच प्रतिस्पर्धा गराइनेछ । जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीले प्रदेशस्तरीय रनिङशिल्डमा भाग लिन पाउने अध्यक्ष पाण्डेले बताए ।