दाउराले हानेर ऋषिङको भिरकोटमा वृद्धको हत्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    दाउराले हानेर ऋषिङको भिरकोटमा वृद्धको हत्या

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०७९, मंगलवार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटमा दाउराले हानेर वृद्धको हत्या भएको छ । सोही ठाउँ बस्ने ६१ वर्षीय जितबहादुर घिमिरेको दाउराले टाउको लगायतका संवेदनशील अङ्गमा हानेर हत्या भएको हो ।

    वृद्धको हत्या अभियोगमा ३० वर्षीय सन्तबहादुर सुनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आइतबार बिहान ९ः४५ बजेको समयमा स्थानीय हाइराम विकको घरको पिढीमा बसेको अवस्थामा सन्तबहादुरले जितबहादुरलाई सालको दाउराले टाउको समेतको संवेदनशील अङ्गहरुमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

    घाइते जितबहादुरलाई उपचारका लागि पोखरास्थित चरक मेमोरियल अस्पतालमा पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    अभियुक्त सन्तबहादुरलाई पक्राउ गरी सोमबार तनहुँ अदालतबाट सात दिनको म्याद गरिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ खाँणले बताए ।