जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि व्यास नपालाई (पदक सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि व्यास नपालाई (पदक सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७९, शनिबार

    दमाैली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सम्पन्न चौधौ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि व्यास नगरपालिकाले जितेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा शनिबार सम्पन्न प्रतियोगितामा कूल २२ पदक जित्दै व्यास नगरपालिकाले उपाधि जितेको हो ।

    व्यास नगरपालिकाले ११ स्वर्ण, पाँच रजत र छ कास्य पदक जितेको खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरि पण्डितले जानकारी दिए।

    त्यस्तै प्रतियोगितामा १३ पदक सहित भानु नगरपालिका द्वितीय भएको छ । भानु नगरपालिकाले छ स्वर्ण, एक रजत र छ कास्य पदक जितेको छ ।

    भिमाद नगरपालिका १२ पदक सहित तेस्रो भएको छ । भिमाद नगरपालिकाले चार स्वर्ण, चार रजत र चार कास्य पदक जितेको छ ।

    शुक्लागण्डकी नगरपालिकाले १२ पदक सहित चौथो भएको छ । शुक्लागण्डकीले तीन स्वर्ण, सात रजत र दुई कास्य पदक जितेको छ ।

    घिरिङ गाउँपालिका नौ पदक सहित पाँचौ भएको छ । घिरिङले तीन स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको छ ।

    म्याग्दे गाउँपालिका ११ पद सहित छैटौ भएको छ । म्याग्देले दुई स्वर्ण, तीन रजत र छ कास्य पदक जितेको छ ।

    बन्दीपुर गाउँपालिका तीन पदक सहित सातौ भएको छ । बन्दीपुरले एक स्वर्ण, एक रजत र एक कास्य पदक जितेको छ ।

    आँबुखैरेनी गाउँपालिकाले पाँच पदक सहित आठौ भएको छ । आँबुखैरेनीले चार रजत र एक कास्य पदक जितेको छ ।

    ऋषिङ गाउँपालिका सात पदक सहित नवौ भएको छ । ऋषिङले दुई रजत र पाँच कास्य पदक जितेको छ ।

    देवघाट गाउँपालिका एक पदक सहित दशौ भएको छ । देवघाटले एक कास्य पदक जितेको छ ।

    प्रतियोगितामा विद्यालयतर्फ सत्यवती माध्यमिक विद्यालयलाई रु २० हजार, महेन्द्रज्योति माविलाई रु १५ हजार र राष्ट्रिय माविलाई रु १० हजार नगद पुरस्कार प्रदान गरिएको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए।

    व्यास नगरपालिका–१ निर्मल मावि खेलमैदानमा सञ्चालित प्रतियोगितामा दशवटै पालिकाबाट छ सय भन्दा बढी विद्यार्थीको सहभागिता थियो । प्रतियोगितामा दौड, हाइजम्प, लङजम्प, भलिबल, कबड्डी, कराँते, उस्सु लगायतका खेलमा प्रतिस्पर्धा भएको थियो ।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।