डायलासिस युनिट स्थापनाकर्ताको निधनमा शोकसभा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डायलासिस युनिट स्थापनाकर्ताको निधनमा शोकसभा

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७९, आईतवार

    दमाैली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा स्थापना गरिएको शत्रुधन मन्जु डायलासिस युनिटनका स्थापनाकर्ताको निधनमा आइतबार अस्पताल परिसरमा शोकसभा गरिएको छ ।

    राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत् सञ्चालित शत्रुधन मन्जु डायलासिस युनिट स्थापना गर्ने मुख्य योगदानकर्ता मन्जु उपाध्यायको निधन भएको दुःखद घडीमा शोकसभा गरिएको हो । उपाध्यायको गत फागुन ७ गते निधन भएको थियो ।

    डायलासिस युनिटले उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

    नेपाल सरकारको नीति बमोजिम युनिट औपचारिक रुपमा दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको भएतापनि हाल सोही केन्द्रले दमौली अस्पताल सूचीकृत नभएसम्का लागि सञ्चालन गरिरहेको युनिटका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए।

    हाल आठ वटा मेशिन मार्फत् ५० जना बिरामीहरुले डायलासिस सेवा लिइरहेका छन् ३० जना मिर्गौला बिरामी उपचारका लागि पालो पर्खाइमा नाम दर्ता गरेर बसेका छन् ।

    दमौली अस्पतालले आगामी दिनमा डायलासिस युनिट सञ्चालन गरेतापनि शत्रुधन मन्जु डायलासिस युनिटको रुपमा नै सञ्चालन हुने प्रतिबद्धता जनाएको छ ।