पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७९, आईतवार

    दमाैली । बाल यौन दुराचारको मुद्धामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाई दिएको छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाई दिएको हो ।

    नवलपुर अदालतले बाल यौन दुराचारको मुद्धामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

    उच्च अदालतको आइतबारकाे इजलासले उक्त मुद्धामा अभियोग दावी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले खबरपुञ्जलाई जानकारी दिए।

    उच्च अदालत पोखराले सफाई दिएपछि अभिनेता शाह अब कारागारमुक्त हुने उनका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए। “शाहले मुद्धा जित्नुभएको छ, उहाँ भोलि रिहा हुनुहुन्छ,” वाग्लेले खबरपुञ्जसँग भने। उच्च अदालत पोखराले १५ दिन अगाडी दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो ।

    नाबालिक जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाई दिइसकेको थियो । नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।