दमौली । मगर समुदायले आज ४१ औ मगर दिवस मनाउँदैछन् । ४१ वर्ष अगाडी तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिन पारेर मगर समुदायले मगर दिवस मनाउँदै आएका छन् ।
मगर दिवसको अवसरमा जिल्लाभर विविध कार्यक्रम आयोजना गरिएको छ ।
मगर दिवसका अवसरमा आज तनहुँका छ पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिकाले आज बिदा दिएका छन् ।