कोपा डेल रे : एल क्लासिकोमा बार्सिलोना विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कोपा डेल रे : एल क्लासिकोमा बार्सिलोना विजयी

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७९, शुक्रबार

    काठमाडौं । इडर मिलिटाओले गरेको आत्मघाती गोलमा बार्सिलोनाले बिहीबार राति कोपा डेल रेमा चीरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई १–० ले पराजित गरेको छ । 

    रियालविरुद्ध बार्सिलोनाको यो लगातार दोस्रो जित हो । यसअघि बार्सिलोनाले १५ जनवरीमा सम्पन्न सुपर कपको फाइनलमा पनि ३–१ ले पराजित गरेको थियो । 

    सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी रोबर्ट लेवानडोवस्की, पेड्री र औसमाने डेम्बेले चोटका कारण उपलब्ध थिएनन् । तर बार्सिलोना विजयी नतिजा निकाल्न सफल भयो । 

    पाहुना टोली बार्सिलोनाका फ्रांक केसीइले हानेको प्रहार रियालका गोलकिपर थिवाउट कोर्तुवाले बचाएका थिए । तर, रिबाउन्डमा आएको बल मिलिटाओको खुट्टामा लागेर पोष्टमा छिरेको थियो ।