आदर्श तारा कप : आज पॉच खेल हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आदर्श तारा कप : आज पॉच खेल हुँदै

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७९, शनिबार

    दमौली । म्याग्दे-४ स्थित आदर्श नमूना क्लवको आयोजनामा जारी एघारौ आदर्श तथा छैटौ तारा स्मृति कप अन्तर्गत आज शनिबार पॉच खेल हुँदैछन् ।

    शुक्रबारदेखि सुरु सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन आज पॉच खेल सञ्चालन हुनेछ ।

    समृद्धि युवा क्लब (तिलेटार) र जनहित युवा क्लब (डडुवा), कालिका युवा क्लब (मिजेथुम) र समाज सुधार युवा केन्द्र (धयरे), अकला गाउँ बेसी युवा क्लब (छबिसे) र भ्याली युथ क्लब शुक्लागण्डकी, भ्याली युथ क्लब शुक्लागण्डकी ’बि’ र बि ब्योईज कास्की तथा मानुङ युवा क्लब र आदर्श नमुना क्लब ‘सि’ बीच खेल हुनेछ ।

    प्रतियोगितामा विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्ने क्लवका अध्यक्ष मलिन मल्लले बताए।