लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद ७-० को हार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद ७-० को हार

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७९, सोमबार

    एजेन्सी । म्यानचेस्टर युनाइटेड लिभरपुलसँग उसैको घरेलु मैदानमा ७-० ले पराजित भएको छ ।

    इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा लिभरपुलले पहिलो हाफमा १-० को मात्र अग्रता लिए पनि दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै आधा दर्जन गोल गरेको थियो। 

    लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २-२ तथा रोबर्टो फिर्मीनोले १ गोल गरे।

    पहिलो हाफको ४३ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए।

    नुनेजले ४७ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएको तीन मिनेटपछि गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-० मा पुर्‍याए।

    खेलको ६६ औं मिनेटमा सलाहले गोल गर्दै एकतर्फी अग्रतालाई ४-० मा पुर्‍याए। ७५ औं मिनेटमा नुनेजले अर्को गोल थप्दा त्यसको ८ मिनेटपछि सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ६-० मा पुर्‍याए।

    खेलको २ मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनोले बेन्चबाट आएर गोल गर्दै लिभरपुलाई सानदार जित दिलाए।

    खेलमा दुई गोल गरेका शालाह प्रिमियर लिगमा लिभरपुलका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले रोबी फ्लावरको १ सय २८ गोलको कीर्तिमान भंग गरेका हुन् ।

    यो जितले लिभरपुल २५ खेलमा ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ। पराजित युनाइटेड २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमा कायमै छ। यो लज्जास्पद हारले युनाइटेडलाई दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी घटाउने मौकासमेत गुमेको छ।