एकताको सन्देश दिन लागौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    एकताको सन्देश दिन लागौ

    आरके पोख्रेल

    २२ फाल्गुन २०७९, सोमबार

    विद्यार्थी आन्दोलनको उपलब्धिको रक्षाका लागि समग्र विद्यार्थीहरुको हक अधिकारलाई स्थापित गर्ने साझा थलो स्ववियु हो । निकै लामो बलिदान र संघर्षबाट स्वतन्त्र विधार्थी युनियनको जन्म भएको छ । बिगतको ईतिहासलाई साक्षि राखेर हेर्ने हो भने नेपाली राजनीतिक परिवर्तनको लडाइँमा, व्यवस्था परिवर्तनको लडाइँमा स्ववियुको महत्त्वपूर्ण भुमिका रहेको छ । जतिबेला राजनीतिक दलहरु प्रतिबन्धित थिए त्यतिबेला व्यबस्था परिवर्तनको एक मात्रै माध्यम स्ववियु नै थियो । आज हामी विभिन्न पार्टीहरुमा बिभाजित मानसिकता बोकेर हिडिरहेका छौ,हाम्रा सिद्धान्त र बिचारहरु फरक फरक रहेका छन् हाम्रा संगठनहरु फरक फरक रहेका छन् ।

    आज हामी फरक सिद्धान्त,विचारकै कारण एकै ठाउमा उभिएर संवाद समेत गर्न छाडिसकेका छौ । हामी हिजो जस्तै लोकप्रिय बन्न छाडेका छौ,हामी फरक संगठनका साथीहरूमिलेर हिजो जसरी व्यवस्था परिवर्तनको आन्दोलनमा सडकमा ओर्लिएका थियौ आज पनि उहीँ रफ्तार र गतिमा ओर्लिनुपर्ने समय आएको छ तर हामी च्यासल, सानेमा, पेरिसडाडा, भन्दा माथी निस्कन सकेका छैनन । विद्यार्थी संगठनहरु टिके प्रथाबाट नेतृत्व बन्न लालाहित छन्,चुन्न र चुनिन महाभारत जस्तै बनेको छ यद्यपि अनेरास्ववियुले भने भर्खरै २३ औं रास्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ भने निर्वाचनको माध्यमबाट नै आफ्नो नेतृत्व छानेको हो । विद्यार्थी संगठनहरुको मापन गर्ने थलो स्व वि यु नै हो तर स्व वि यु को निर्वाचन नभएको झण्डै ढेड दशक भैसकेको अवस्थामा अहिले भने स्ववियु निर्वाचन हुने निश्चित बनेको छ ।

    स्व वि यु निर्वाचनको कार्यतालिकाले गर्दा सबै विद्यार्थी संगठनहरु उत्साहीत बनेको देखिन्छ तर ” हरूवा गोरुका,छेरुवा दाउ ” हेर्न माहिर केही संगठनहरुको विगतको ईतिहासलाई हेर्दा शका गर्नुपर्ने ठाउँ त प्रसस्तै भेटिन्छन् तथापि हाललाई सबै संगठनहरु चुनावको माहोल सृजनामा नै व्यस्त छन् । चुनाव भन्ने बित्तिकै जित वा हारलाई बुझ्न सकिन्छ तर जित वा हार भन्दापनि आजको युगान्तकारी परिवर्तनलाई आत्मसात गर्दै विद्यार्थीको मुद्दा  कस्ले बोक्न सक्छ त्यलाई नै विद्यार्थीबर्गहरुले चुन्ने नै छन् । विद्यार्थी वर्ग सचेत वर्ग रहेको कारण आम चुनावमा भन्दा पनि विद्यार्थीको हक अधिकार स्थापितका लागि लाग्ने संगठनलाई नै विद्यार्थीवर्गले विजय गराउने नै छन् । नेपालको राजनीतिक अलिक असजिलो तथा फरक ढंगबाट बगिरहेको अवस्थामा हामी स्व वि यु को निर्वाचनमा होमिन लागिरहेका छौ । सत्ताकै लागि जे पनि गर्ने अभियानका साथ सत्ता भन्दा बाहिर राजनीति छैन भन्ने भ्रममा बांचेकाहरुबाट आज नेपालको राजनीति दिशा हिन बन्न पुगेको अवस्था छ । कम्युनिस्ट,कम्युनिस्टहरु कम्युनिस्ट जस्तो देखिन छाडेका छन् । डेमोक्रेटिक हरु डेमोक्रेटिक देखिन छाडेका छन् । सबैको उद्देश्य सत्ता प्राप्ति मात्रै बन्न पुगेको जस्तो देखिन थालेको छ । देश यत्तिबेला गम्भीर संकटमा पर्न सक्ने संभावना समेत रहेको छ ।

    यस्तो परिस्थिति छदैछ तर स्व वि यु निर्वाचनले विधार्थिहरुमा निकै हौसला र उत्साह भने थपिएको छ । संभवत अब कालान्तरमा नेपालको राजनीति पनि दुई ध्रुबमा बाडिने निश्चित प्राय नै छ त्यसौले आगामी स्व वि यु निर्वाचमा पनि दुई ध्रुबको चुनावी माहोलको सृजना गर्न लागौं । बामपंथी आस्था र विचार बोक्नेहरु,देशभक्त जनवादी,प्रगतिशील बिचारका पक्षधरहरु एकै ठाउँमा उभिएर आवाज बुलन्द गरौं कसैका व्यक्तिनिहित स्वार्थको पुर्ती गर्ने माध्यम विद्यार्थी जगतलाई नबनाऔं।देशभक्त, प्रगतिशील जनबादी विद्यार्थीहरुको नेतृत्व निर्माणमा लागौं अनेरास्ववियु यसको नेतृत्व गर्न तयार नै छ । साझा ऐजेण्डा तय गरौं,विधार्थी हक र अधिकारका निम्ति लडौं रास्ट्र,रास्ट्रियता,सुस्ता महेसपुर र कालापानीलाई छातिमा टासेर लिपुलेकको माटोलाई सम्झीएर लागौं । बामपंथी विद्यार्थीहरु एउटै आवाज बुलन्द गरौ साझा उदेश्य बोकौं बामपंथी पार्टिहरुलाई पनि एकताको सन्देश दिऔं । सबै बाम,एकै ठाम हुने वातावरण बनाउन दबाब सृजना गरौं । मातृ पार्टीहरुलाई पनि दवाव सृजना गरौ । बामपंथी बिचारधारा बोक्ने प्रगतिशील बिचार बोक्ने देशभक्त विद्यार्थीहरु मिलौं ।