भुत्याई बराहको मन्दिर निर्माण गरी समितिलाई हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    भुत्याई बराहको मन्दिर निर्माण गरी समितिलाई हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७९, मंगलवार

    दमौली । बन्दीपुर गाउँपालिका- १ नाहाला (नयावस्ती) स्थित पर्यटकीय स्थल भूत्याई बराह क्षेत्रमा भुत्याई बराहको मन्दिर निर्माण गरी समितिलाई हस्तान्तरण गरिएको छ।

    गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच उक्त मन्दिर हस्तान्तरण गरिएको हो। मन्त्री चुमानले प्राकृतिक रुपमा अत्यान्तै सुन्दर र मनमोहक रहेको यस क्षेत्रलाई पर्यटनमैत्री बनाउन सकिएमा धार्मिक पर्यटकीय स्थलको राम्रो सम्भावना रहेको र आफूले यसको निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    स्थानीय समाजसेवी सचित कुमार थापा तथा उनका परिवारले उक्त मन्दिर आफ्नै करिब १२ लाख बराबरको लगानीमा निर्माण गरेको हो। थापाले आफ्नो स्वर्गीय धर्मपत्नी शारदा थापाको सम्झनामा मन्दिर निर्माण गरेका हुन्।

    यस अघि भूत्याई बराह भवानी स्थापना समितिका संस्थापक अध्यक्ष रेशमलाल श्रेष्ठको अगुवाइ तथा समितिका पदाधिकारी गाउँका स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा महाशिवरात्रिको अवसर पारेर आत्मेश्वर महादेवको शिला स्थापना गरिएको थियो । उक्त महादेवको मन्दिर समाजसेवी विवेक श्रेष्ठले निर्माण गरिदिएका छन्। यसै गरी समाजसेवी परशुराम अधिकारीले उक्त क्षेत्रमा सिडीबाटो र गेट सहित,गणेश, कुमार, शिव लगाएतको मूर्ति स्थापना गरेका छन्।

    प्रत्येक वर्ष फागु पूर्णिमाको अवसरमा उक्त क्षेत्रमा ठुलो धार्मिक मेला तथा पूजाआजा हुने गरेको छ। पूजाको अवसरमा बोकाको बलि दिने,उखुको ढाक पड्काएर हर्ष उल्लासका साथ पूजा आजा गरी नाच गान र भजन कीर्तन गरीएको थियो। अब देखि नियमित रूपमा पुजाअर्चना हुने पुजारी केशर बहादुर कुबरले जानकारी दिए।

    पृथ्वी राजमार्गको नाहाला (नयाबस्ती) बाट उक्त स्थानमा ५ मिनेट मै पुग्न सकिने भएको हुँदा स्थानीय स्तरमा एउटा धार्मिक पर्यटनको राम्रो सम्भावना भएर पनि प्रचार प्रसार र बजेटको खाँचो रहेको हुँदा हाल सम्म पनि ओझेलमा परेको समितिका अध्यक्ष विष्ण बहादुर क्षेत्रीले बताए ।