सागर उदासका ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सागर उदासका ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७९, बुधबार

    दमौली । तनहुँ दमौलीका सागर उदासका दुई कृति ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ सार्वजनिक भएका छन् ।

    काठमाडौमा एक कार्यक्रममार्फत् उनका दुई कृतिहरू एकसाथ विमोचन भएका हुन् । गीति सङ्ग्रह ‘सागर सुसेली’ मा १०९ वटा श्रृजना समेटिएका छन् ।

    ४ वर्षअघि नै कृतिका सम्पूर्ण तयारी पूरा भएपनि कोभिड र विविध कारणले ढिलाइ भएको गीतकार सागर उदासले विमोचन समारोहमा बताए । अर्को कृति ‘फैलिन्छ कि माया’ मा १२३ वटा श्रृजनाहरू छन् ।