तनहुँ-१ मा उपनिर्वाचन हुने निश्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ मा उपनिर्वाचन हुने निश्चित

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७९, बिहीबार

    दमौली । तनहुँ-१ मा उपनिर्वाचन हुने निश्चित भएको छ । तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्रमा उपनिर्वाचन हुने निश्चित भएको हो ।

    गत मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उनको पद रिक्त हुनेछ । निर्वाचन आयोगले यो क्षेत्रमा उपनिर्वाचनका लागि मिति तोक्नेछ । चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । तनहुँमा पनि सोही दिन उपनिर्वाचन गर्ने आयोगको तयारी छ ।