त्रिभुवन विश्वविद्यालय स्ववियु सचिवमा तनहुँका राजेशको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    त्रिभुवन विश्वविद्यालय स्ववियु सचिवमा तनहुँका राजेशको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७९, सोमबार

    दमौली । तनहुँका राजेशकुमार श्रेष्ठले स्ववियु निर्वाचन अन्तर्गत त्रिभुवन विश्वविद्यालयको सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । व्यास नगरपालिका-६ निवासी उनले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसंघबाट सचिव पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    विद्यार्थीको हकहितका लागि आवाज बुलन्द पार्न आफूले उम्मेदवारी दिएको श्रेष्ठले बताए । ‘विद्यार्थीको हकहितका लागि सधै आवाज उठाउँदै आएको छु, विद्यार्थीको पक्षमा काम गर्दै आएकाले जित्नेमा ढुक्क छु,’ उनले भने ।