भानुभक्तमा तालाबन्दी, स्ववियु निर्वाचन सार्ने षड्यन्त्र भएको आरोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुभक्तमा तालाबन्दी, स्ववियु निर्वाचन सार्ने षड्यन्त्र भएको आरोप

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७९, सोमबार

    दुलेगाैडा । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त क्याम्पसमा चार विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचन सार्ने षड्यन्त्र भएको विरोधमा उनीहरुले क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

    नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस इकाई, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र अनेरास्वववियु (क्रान्तिकारी) कमिटीले सोमबार तालाबन्दी गरेका हुन् ।

    क्याम्पस प्रशासन स्ववियु निर्वाचन नगराउने षड्यन्त्रमा लागेपछि विरोध स्वरुप तालाबन्दी गरिएको अखिल (क्रान्तिकारी) क्याम्पस इकाई कमिटी अध्यक्ष विनिता भण्डारीले बताइन् । त्रिविको कार्यतालिका अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक नगरी कल्याणकारी परिषद्को छलफलको नाउँमा अलमलाउने काम भएको भण्डारीले बताइन् । “नियमित रुपले अध्ययन गरिरहेका विद्यार्थीहरुलाई भर्ना समेत हुन नदिई एउटा संगठन विशेषका दबाबका कारण निर्वाचन घोषणा गरियो । विद्यार्थीलाई एजेण्डा राख्ने तथा शान्तिपूर्ण तरिकाले मत माग्ने अधिकारबाट समेत वञ्चित गराई निर्वाचन तयारी भन्दै चैत ५ गतेसम्म पठनपाठन बन्द गरी विद्यार्थीलाई क्याम्पसमा आगमनमा रोक लगाइएको छ,” उनले भनिन् ।

    चारवटै संगठनले संयुक्त विज्ञप्ती जारी गरी भयरहित र शान्तिपूर्ण वातावरणमा स्ववियु निर्वाचन गर्ने प्रतिबद्धता नआएसम्मका लागि तालाबन्दी गरिएको जनाएका छन् ।