ऑबुखैरेनीको जग्गा कित्ताकाट खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीको जग्गा कित्ताकाट खुल्यो

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७९, बिहीबार

    दमौली । ऑबुखैरेनी गाउँपालिकाको जग्गा कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सम्पन्न गरेसँगै कित्ताकाट खुलेको हो ।

    गाउँपालिकाले ६ वटै वडाको जग्गा वर्गीकरण गरी मालपोत कार्यालय तनहुँमा बुझाएको छ। भूउपयोग नियमावली अनुसार जग्गा वर्गीकरण गरी बिहीबार मालपोत कार्यालय र नापी कार्यालयलाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    जग्गाको वर्गीकरण नहुँदा जग्गा किनबेच रोकिएको थियो । यसले गर्दा सर्वसाधारण मर्कामा परेका थिए ।