भिमादको जनज्योति क्याम्पसमा नेविसंघका पराजुली विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादको जनज्योति क्याम्पसमा नेविसंघका पराजुली विजयी

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    दमौली। तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा नेविसंघका विनोद पराजुली विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा १७८ मत प्राप्त गरी पराजुली सभापतिमा विजयी भएका हुन् । निर्वाचनमा नेविसंघको प्यानलै विजयी भएको छ ।

    सभापतिका उम्मेदवार अनेरास्ववियुका निषा श्रेष्ठले ९७ मत प्राप्त गरिन् ।

    स्ववियु सचिवमा कल्पना सुनार र कोषाध्यक्षमा अमृत परियार विजयी भएका छन् ।

    सदस्यहरुमा निशा भुजेल, सविता माल, सचिन श्रेष्ठ, इन्द्रावती सार्की र काशिका राना विजयी भएका छन् ।