भानुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०७९, शुक्रबार

    दमाैली । तनहुँको भानु नगरपालिका-२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए। दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।