तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले भन्छन् – नेपाल बनाउन ढिला भइसकेको छ, अब राजनीतिलाई कोल्टे फेराउनु पर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले भन्छन् – नेपाल बनाउन ढिला भइसकेको छ, अब राजनीतिलाई कोल्टे फेराउनु पर्छ

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०७९, शनिबार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उम्मेदवार डा स्वर्णिम वाग्लेले नेपाल बनाउन ढिला भइसकेको बताएका छन् । उनले अब समयसीमा नै तोकेर डेलिभरीको राजनीतिको जग बसाउँदै राजनीतिलाई कोल्टे फेराउनुपर्ने जोड दिए । 

    शनिबार रास्वपाले गरेको पत्रकार सम्मेलनमा उनले भत्ता खानेमात्रै खालको राजनीति र चुनाव गर्नुभन्दा पनि डेलिभरीको राजनीति गर्नुपर्ने बेला आएको बताए । उनले कतिपयले आफूले धैर्य नगरेको भनेर आरोप लगाएपनि डेलिभरीको राजनीति गर्ने उद्देश्यका साथ आफूले फरक बाटो रोजेको बताए । 

    उनले छोटो अवधिमा नेपाल बनाउने अभियानमा आफू होमिएको पनि पत्रकार सम्मेलनमार्फत घोषणा गरे ।