दमाैली । वैशाख १० गते हुने उपनिर्वाचनमा राप्रपाले तनहुँ क्षेत्र नम्बर १ मा शाेभा गुरुङलाई उम्मेदवार बनाउने भएकाे छ ।
पार्टीकाे आइतबार बसेकाे बैठकले गुरुङलाई उम्मेदार बनाउने निर्णय गरेकाे हाे । व्यास नगरपालिका-९ निवासी गुरुङ पार्टीकाे केन्द्रीय सदस्य हुन् ।
गत मङ्सिर ४ गतेकाे निर्वाचनमा पार्टी जिल्ला अध्यक्ष विनाेद घर्ती उम्मेदवार बनेका थिए । त्यतिबेला उनले २ हजार चार सय ८३ मत ल्याएका थिए ।