दमौली । नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव विश्व बॉस्तोला र ऑबुखैरेनी गाउँ सभापति विष्णु पन्त राष्ट्रिय स्वतन्त्र पार्टीमा खुलेका छन् । कांग्रेस छाडेर स्वतन्त्र बस्दै आएका बास्तोला राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ-१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा खुलेका छन् ।
बॉस्तोला डा. वाग्लेको प्रस्तावक बसेका छन् । उनले दमौलीमा चुनावी कार्यक्रममा सम्बोधन समेत गरेका थिए ।
केही दिन अघि मात्र कांग्रेस परित्याग गरेका पन्तले पनि चुनावी कार्यक्रममा सम्बोधन गरेर रास्वपाको पक्षमा लागेको जनाउ दिएका छन् ।