एमाले उम्मेदवार सर्वेन्द्रले सुरु गरे मतदाता भेटघाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    एमाले उम्मेदवार सर्वेन्द्रले सुरु गरे मतदाता भेटघाट

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७९, मंगलवार

    दमाैली । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द खनालले मतदाता भेटघाट सुरु गरेका छन् ।

    साेमबार उम्मेदवारी दर्ता गराएलगत्तै खनाल मतदाता भेट्न पुगेका छन् । खनालले बन्दीपुर गाउँपालिका-१ भुडाटारमा युवा मतदातासँग भेट गर्दै आफ्ना लागि मत मागेका छन् ।

    साे क्रममा खनालले भने, ‘युवा भविष्यका कर्णधार मात्र हैनन्, वर्तमानकाे परिवर्तनका सुत्राधार पनि हुन् । युवाहरुकाे नविनतम् साेच र प्रविधिप्रति उनिहरुकाे लगावले मुलुकलाई आधुनिक प्रविधिसँग साक्षात्कार गराउन सक्छ ।’