पोखरा-१८ मा पुन मतगणना गर्न अदालतको आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा-१८ मा पुन मतगणना गर्न अदालतको आदेश

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७९, मंगलवार

    पोखरा । पाेखरा महानगर पालिका वडा नम्बर १८ मा पुन मतगणना गर्नु पर्ने भएकाे छ । उच्च अदालत पाेखराले आज यस्ताे फैसला गरेकाे हाे । अदालतले पुन मतगणना गर्न मात्र फैसला गरेकेा छैन, मत गणना गर्ने दिन पनि ताेकिदिएकाे छ ।

    मत गणनामा गडबडी गरिएकाे भन्दै वडाध्यक्षका उमेद्वार पुष्कल थापाले उच्च अदालत पाेखरामा पुन मतगणनाकाे माग गर्दै निवेदन दिएका थिए । साेही निवेदन उपर फैसला गर्दै उच्च अदालत पाेखराका कायम मुकायम मुख्यन्यायाधिश डिल्लिराज आचार्य र न्यायाधिश रिसिराज आचार्यकाे सम्युक्त इजलासले आज पुन मतगणना गर्न आदेश दिएकाे हाे ।

    गत बैशाख ३१ मा सम्पन्न स्थानिय निर्बाचनमा पाेखरा महानगर पालिकाकाे वडा नम्बर १८ मा नेपाली कांग्रेसकाे तर्फबाट उमेद्वार बनेका शिवप्रसाद तिमिल्सिना ३ मतकाे अन्तरले विजयी भएका थिए भने एमालेका पुष्कल थापा पराजित भएका थिए । तिमिल्सिनाले १६४३ मत पाउदा थापाले १६४० मत पाएका थिए ।

    मतगणनाका क्रममा नाै मत गायव पारिएकाे भन्दै ३ मतले पराजित भएका पुष्कल थापाले पुन मत गणना गर्न माग गरेपनि निर्बाचन समितिकाे कार्यालयले अस्वीकार गरेकाे थियाे ।

    त्यसपछि थापाले निर्बाचन आयाेग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्बाचन अधिकृतकाे कार्यालय र विजयी वडाध्यक्ष तिमिल्सिनालाई प्रतिवादी बनाएर निवेदन दिएका थिए ।