वडाबाट बाँडिने भत्तालाई वितरण गरेर चुनाव प्रचार गर्दै भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वडाबाट बाँडिने भत्तालाई वितरण गरेर चुनाव प्रचार गर्दै भट्टराई

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७९, बिहीबार

    दमाैली । नेपाली काङ्गग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गाेविन्द भट्टराईले वडा कार्यालयले प्रदान गर्ने भत्ता आफूले वितरण गरेर चुनावी प्रचार गरेका छन् ।

    वडा कार्यालयले बिहीबार भत्ता वितरणकाे कार्यक्रम राखेकाे थियाे । साेही क्रममा पुगेका भट्टराईले साेही वडाका अपाङ्गता भएका धर्मबहादुर अधिकारीलाई वडाकाे भत्ता प्रदान गरेका थिए । अधिकारीकाे कम्मरभन्दा मुनिकाे भाग चल्दैन ।

    चुनावका बेला मतदाता प्रभावित पार्न भट्टराईले वडा कार्यालयमार्फत् वितरण गरिने भत्ता प्रदान गरेपछि आलाेचना भएकाे छ ।

    नेकपा एमाले व्यास-११ का अध्यक्ष सन्जय श्रेष्ठले चुनावका बेला मतदाता प्रभावित पार्न खाेजिएकाे भन्दै निर्वाचन आयाेगकाे ध्यानाकर्षण गराएका छन् ।

    यस विषयमा वडाध्यक्ष दलबहादुर दुरासँग सम्पर्क गर्दा आफू उक्त ठाउँमा नभएकाे र जानकारी नभएकाे बताए । ‘आज भत्ता बाँड्ने कार्यक्रम थियाे, म त्यता पुगेकाे थिइँन,’ उनले भने ।