दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार तनहुँका दुई स्थानमा सभा गर्ने भएको छ । वैशाख १० गते तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि रास्वपाले ऑबुखैरेनी र देवघाटमा सभा गर्न लागेको हो ।
ऑबुखैरेनीको बजार र देवघाट-५ हाटबजारमा सभा हुने सो पार्टीले जनाएको छ । दुवै सभालाई पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
रास्वपाबाट तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् । यतिबेला उनी मतदाता भेट्न घरदैलोमा छन् ।