दमौली । नेकपा एमालेका तर्फबाट तनहुँ-१ का उम्मेदवार सर्वेन्द्र खनालले जन्मभूमि पुगेर जनताको विश्वास गुम्न नदिने बताएका छन् ।
सोमबार भानु नगरपालिकाको चन्द्रावती पुगेका खनालले भने, ‘जन्मभूमिमा आइपुग्दा गौरवको अनूभूति भएको छ । यहॉका आम मतदाताले म प्रति गर्नुभएको विश्वासलाई गुम्न दिन्न ।’
खनालले भानुलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन पहल गर्ने बताए ।उनले भानुभक्त आचार्यको जन्मथलो ओझेलमा रहेको भन्दै यसलाई साहित्यिक पर्यटनको केन्द्र बनाइने बताए ।
खनालले सोमबार भानुका विभिन्न ठाउँमा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।