दमौली । नेकपा एमालेका तर्फबाट तनहुँ-१ का उम्मेदवार सर्वेन्द्र खनालले निर्वाचन जितेपछि गाउँ नफर्किने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा मतदातासँग साक्षात्कार गर्दै खनालले चुनाव जितेपछि काठमाडौमै केन्द्रित हुने र गाउँ नफर्किने प्रवृत्ति रहेकाले आफूले त्यस्तो प्रवृत्ति तोड्ने बताए।
उनले भने, ‘विगतका दिनहरूमा निर्वाचन मा विजय भएर गएपछि गाउँ नफर्किने प्रवृत्तिमा मबाट नहुने प्रण गरेको छु । यसपालि तनहुँले सूर्य चिन्हबाट ठूलो राखेको छ त्यो आशा मर्न दिने छैनौ ।’