दमाैली । नेपाली काङ्गग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गाेविन्द भट्टराईले आफूलाई विकासे सपना फुरेकाे बताउँदै त्यसलाई पूरा गर्न तत्पर रहने बताएका छन् । आँबुखैरेनी गाउँपालिका-४ भाँगेमा साेमबार आयाेजित कार्यक्रममा उनले समग्र याे क्षेत्रकै विकासका लागि लागिरहेकाे र अझै लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आँबुखैरेनीका हरेक गाउँमा पानीकाे पहुँच पुर्याउने अभियानमा दिदीबहिनीकाे पीडाले महत्वपूर्ण प्रेरणा दिएकाे उल्लेख गरे । उनले भने, ‘गाउँ पुग्दा त्यहाँका दिदी बहिनी, दाजुभाई अनि बुबा आमाहरुको आर्शिवार्दले मैले पुण्य कमाएको महसुस गरेको छु । तर, हामी अब पानीभन्दा माथि पुग्नुपर्छ । मलाई आँबुखैरेनीको भाँगे मात्र होइन अरु वस्ती पुग्दा अझ नयाँ विकासे सपना फुरेको छ । र, त्यसलाई पूरा गर्न म सदा तत्पर रहनेछु ।’