केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्ताव गोविन्दराज जोशीद्वारा अस्वीकार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्ताव गोविन्दराज जोशीद्वारा अस्वीकार

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०७९, सोमबार

    दमाैली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका छन्। सोमबार धुम्बाराहीमा जोशीका तर्फबाट छोरा दीपकराज र सभापति देउवाबीच भएको छलफलमा देउवाले यस्तो प्रस्ताव गरेका हुन्। तर, दीपकराजले देउवाको प्रस्ताव स्वीकार्न नसक्ने जवाफ दिएको बताए।

    दीपकराजले गोविन्दराजसहितका मानिसहरूलाई पार्टीमा सम्मानजनक फिर्ता हुने वातावरण बनाउने प्रस्ताव गरेका थिए। जवाफमा देउवाले गोविन्दराजलाई केन्द्रीय सदस्यबाहेक केही बनाउन नसक्ने बताएकाे दीपकले जानकारी दिए ।

    ‘पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्छ, गोविन्द‍राज जोशी सहितका काङ्गग्रेस नेता कार्यकर्ताकाे उचित मूल्याङ्कन हुनुपर्छ भन्ने कुरा राखेँ,’ दीपकले खबरपुञ्जसँग भने, ‘तर देउवाले केन्द्रीय सदस्य मात्रै बनाउँछु भने । हाम्राे व्यक्तिगत माग हाेइन । सबै नेता कार्यकर्ताकाे व्यवस्थापन हुनुपर्छ भन्ने हाे ।’ देउवाले झारा टार्ने हिसाबले प्रस्ताव राखेकाे दीपककाे भनाई छ ।

    गत स्थानीय तह निर्वाचनमा व्यास-८ रिस्तीमा आफूमाथि भएकाे आक्रमणकाे सत्यतथ्य पत्ता लगाउन आयाेग गठन गर्नुपर्ने माग समेत आफूले राखेकाे दीपकले बताए ।