दमौली । व्यास नगरपालिका-३ मा रहेको अतिथि गृह भवन कांग्रेस कार्यकर्ताबाट दुरुपयोग भएको छ। वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा कांग्रेस कार्यकर्ताबाट अतिथि गृहको दुरुपयोग भएको हो ।
चुनावका बेला सरकारी स्रोत साधनको दुरुपयोग गर्न नपाइने भएपनि कांग्रेसका कार्यकर्ताबाट भवनको दुरुपयोग गरेको पाइएको हो।
अतिथि भवनको प्रयोग गरी कांग्रेस उम्मेदवारको प्रचारप्रसार गरेको पाइएको छ । तर कांग्रेस नेताहरुले भने भेटघाट कार्यक्रम मात्रै भएको जनाएका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी अतिथि भवनमा बसेकाले भण्डारीलाई भेट्न युवाहरु आएको बताइएको छ ।