एमालेमाथि चौतर्फी आक्रमण छ, त्यसलाई चिरेर अगाडी बढ्छौ : सचिव अर्याल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    एमालेमाथि चौतर्फी आक्रमण छ, त्यसलाई चिरेर अगाडी बढ्छौ : सचिव अर्याल

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८०, आईतवार

    दमौली । नेकपा (एमाले) केन्द्रीय सचिव पद्मा अर्यालले अहिले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएकी छन् । प्रेस चौतारी नेपाल तनहुँ शाखाको आज आयोजित भेलामा बोल्दै सचिव अर्यालले एमालेमाथि भइरहेको आक्रमण चिर्दै अगाडी बढ्नुको विकल्प नभएको बताइन् ।

    एमाले विरुद्ध अहिले महागठबन्धन भइरहेको उल्लेख गर्दै सचिव अर्यालले त्यस्तो महागठबन्धनलाई जनताले जवाफ दिने दावी गरिन् । पूर्वमन्त्री रहेका अर्यालले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा एमाले उम्मेदवारले जित्ने बताइन् । “भोलिको राजनीतिक भविष्यका लागि पनि हामीले जित्नैपर्ने छ, सबै कार्यकर्ता एकढिक्का भएर लागे चुनाव जित्न सम्भव छ,” अर्यालले भनिन् ।

    प्रेस चौतारी नेपालका केन्द्रीय सचिव सुष्मा पौडेलले एमाले उम्मेदवारका बारेमा प्रेस चौतारीले प्रचारप्रसार गर्नुपर्ने बताइन् । नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य भगवती न्यौपानेले पार्टीका राम्रा पक्षका बारेमा जनतामाझ लैजानुपर्ने बताइन् ।