गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा दुई गम्भीर घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा दुई गम्भीर घाइते

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८०, आईतवार

    दमाैली । तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा आज दुई गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेहरुमा मोटरसाइकल चालक लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरे र सवार बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि पोखरा पठाइएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    पार्वती आधारभूत विद्यालयका शिक्षक विद्यालयबाट फर्किदै गर्दा ग १३ प ७०९ नम्बरको मोटरसाइकल सडक छेउमा लत्रिएको थ्री फेसको लाइनको तारमा छोइएको थियो ।