चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापा घरको छतबाट हाम फालेका छन्। भरतपुर-११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका ३५ वर्षका थापाले गएराती १२ बजेतिर छतबाट हाम फालेका हुन्।
गम्भीर घाइते थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजय पण्डितले बताए। उनको टाउको र खुट्टामा चोट लागेको छ। रहस्यमय उक्त घटनाको प्रहरीले अनुसन्धान थालेको छ। (अन्नपूर्ण पोष्टबाट)