दमौली । पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले चुनावी गतिविधिलाई अगाडी बढाएका छन् । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई विजयी गराउन श्रेष्ठले गतिविधि अगाडी बढाएका हुन् ।
उनले सोमबार व्यास-४ स्थित निवासमा गठबन्धन दलका नेताहरुसँग छलफल गरेका छन् ।
बैठकमा कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्ले, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ, कांग्रेस जिल्ला सभापति जीतप्रकाश आले, जसपाका नेता शिवलाल थापा मगर, माओवादी नेता अतिन्द्रकेशरी न्यौपाने लगायत सहभागी थिए ।
बैठकमा साझा उम्मेदवार भट्टराईलाई विजयी गराउन सबै दलले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको थियो ।