एकपटक अवसर दिनुस्, आवश्यकताका आधारमा विकासका काम गर्छु : गाेविन्द भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    एकपटक अवसर दिनुस्, आवश्यकताका आधारमा विकासका काम गर्छु : गाेविन्द भट्टराई

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८०, बिहीबार

    दमाैली । नेपाली काङ्ग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गाेविन्द भट्टराईले एकपटक अवसर दिन आग्रह गरेका छन् ।

    वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार बनेका भट्टराईले विकासकाे काम गर्ने चाहनालाई मूर्त रुप दिन अवसर दिन आग्रह गरेका हुन् ।

    तनहुँको माटोमा हुर्केको र यहाँको समस्याको बारेमा जानेको बताउँदै उनले भने, ‘मलाई एकपटक जिताउनुस म तपाईंको आवश्यकताका आधारमा विकासका काम गर्छु ।’