फुटबललाई थप प्रतिष्पर्धी बनाउन सर्वेन्द्रले गरेको बोल्ड निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    फुटबललाई थप प्रतिष्पर्धी बनाउन सर्वेन्द्रले गरेको बोल्ड निर्णय

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८०, बिहीबार

    दमाैली । विगतमा नेपाली फुटबल टिमले जित्नुपर्ने खेलहरू हारिरहेको हुन्थ्यो । यसको कारण खोतल्ने काम प्रहरीहरूले शुरू गरे । त्यसबखत अपराध महाशाखाको प्रमुखमा सर्वेन्द्र खनाल थिए । बाल्यकालदेखि नै फुटबल हेर्न रुचाउने खनालले नेपाल फुटबलमा हारिरहनुको कारण खोज्न थाले ।

    उनले त्यतिखेर गरेको अनुसन्धानले नेपालमा म्याच फिक्सिङका कारण खेलहरू प्रतिष्पर्धी बन्न नसकेको देखियो । खेलाडीहरूले पैसा लिएर जानाजान खेलमा पराजित व्यहोर्ने गरेको त्यो अवस्थाले उनलाई चिन्तित बनायो । उनले अनुसन्धानलाई बढाउँदै संलग्न देखिएका खेलाडीहरूको पर्दाफास नै गरे । खेलाडीहरू पक्राउ परेपनि त्यसपछि के गर्ने भन्नेबारे कानून थिएन । म्णच फिक्सिङ सम्बन्धि कुनै कानून नहुँदा पनि खनाल पछि हटेनन् ।

    उनले मिल्दोजुल्दो अन्य कानूनको साहरा लिएर ती खेलाडीहरूलाई जेल चलान नै गरे । त्यसपछि फुटबलप्रेमीहरूका माझ पनि खनाल लोकप्रिय बने । उनले म्याच फिक्सिङ गरेको भन्दै तत्कालीन नेपाली फुटबल टिमका तत्कालीन कप्तान सागर थापा सहित चार खेलाडी र एक पूर्व प्रशिक्षकलाई पक्राउ गरि हिरासतमा नै राखे । २००८ देखि नेपालले खेलेका अन्तर्राष्ट्रिय म्याचहरू पैसा लिएर हारेको प्रहरीको बुझाइ थियो । त्यसपछि फुटबलका फ्यानहले पनि विगतमा म्याच फिक्सिङकै कारण नेपालले लगातार खेलमा हार्नु परेको बुझ्न पाए ।

    यतिमात्र हैन, म्याच फिक्सिङका आरोपीहरूलाई कारबाहीको दायरामा पुर्‍याएप लगत्तै नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि समेत जितेको थियो । त्यसपछि खनालले नेपालको फुटबललाई ट्र्याकमा ल्याएको भन्दै प्रशंसा हुने गरेको थियो । खनाल प्रहरी सेवामा लागेपनि समय मिलाएर फुटबल हेरिरहन्थे । कुनै समय फुटबलका फ्यान रहेका खनालले म्याच फिक्सिङ हुने गरेको पत्ता लगाएर नेपालको फुटबलमा अतुलनीय योगदान गरेको फुटबलका प्रशंशकहरू बताउँछन् । खनालकै सक्रियतामा नेपालमा पहिलो पटक म्याच फिक्सिङसम्बन्धि कानून बन्यो ।

    खनाल प्रहरी सेवामा रहँदा सामाजिक कार्यमा मात्र हैन नेपाली फुटबलको विकास र विस्तार तथा कानून निर्माणमा समेत सक्रिय भुमिका निभाएका थिए । उनै खनाल यतिखेर चुनावी दौडमा होमिएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा उनी तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । यतिखेर उनी घरदैलोमा पुग्दा पाका मतदाताले मात्र नभई फुटबलका क्रेजी फ्यान तथा युवाहरूले पनि उनलाई खुलेर साथ दिँदै आएका छन् ।

    उनीहरूले भन्ने गरेका छन्, नेपाली फुटबललाई यति ठूलो गुन लगाएका खनाललाई यसपटक जसरी भए पनि सांसद बनाउनुपर्छ । म्याच फिक्सिङ रोक्नका लागि कानून ल्याउन सक्रिय रहेका उनलाई यस पटक संसदमा पठाउनुपर्नेमा उनीहरूको जोड रहेको छ ।