मौन अवधिमा मत माग्दै तनहुँका शिक्षकहरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    मौन अवधिमा मत माग्दै तनहुँका शिक्षकहरु

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०८०, शुक्रबार

    दमौली । वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यो अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइदैन ।

    तर तनहुँका केही शिक्षक नेता भने मौन अवधिको उल्लंघन गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई मत मागिरहेका छन् । शिक्षक नरेन्द्र न्यौपाने र रमेशबाबु भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारको पक्षमा मत मागेका हुन् ।

    शिक्षकले मौन अवधिमा मात्रै होइन अन्य बेला पनि कुनै उन्मेदवारको प्रचारप्रसार गर्न पाइँदैन ।

    मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।