दमौली । व्यास नगरपालिका-३ का ९५ वर्षीय बखतनारायण श्रेष्ठ र ८५ वर्षीया बालकुमारी श्रेष्ठले मतदान गरेका छन् । तनहुँ-१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार भएको उपनिर्वाचनमा श्रेष्ठ दम्पत्तिले मतदान गरेका हुन् ।
उनीहरुले महर्षि संस्कृत मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।