सीपले जीवन परिवर्तन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    सीपले जीवन परिवर्तन

    प्रदीप न्याैपाने

    १३ बैशाख २०८०, बुधबार

    समुदायको दैनिकी र आयआर्जनमा सीप विकास तालिमले धेरै परिवर्तन गरिदिएको छ । सीप नहुनेका लागि सीप उपलव्ध गराउदै उनीहरुकाे जीवनस्तरमा ठुलै परिवर्तन मात्र गरेको छैन् माध्यमिक तहको शिक्षा लिन नसक्नेका लागि सिपका माध्यमवाट गतिलो आम्दानी गर्न सकिन्छ भन्ने शन्देश दिएको छ । तनहुँको म्याग्दे गाउँपालिकाद्धारा संचालित सिप पिकास तालिम समुदायमा आयआर्जन गर्न निकै प्रभाबकारी बनेका छ यतिवेला । गाउँपालिकाले वडाका वस्तीमा रहेका समुदायको मागका आधारमा तालिमहरु संचालन गरे पश्चात तालिम प्रभाबकारी वन्दै गएका हुन् ।

    होमस्टे, क्रिष्टल गहना,फेव्रिक माला, एड्भान्स व्युटिपार्लर, वेसिक व्युटीपार्लर, सिलाई कटाई, अचार बनाउने, पशुपालन तालिम निकै प्रभाबकारी बनेको गाउँपालिकाको तथ्यांकले देखाएको छ । यस्ता तालिम लिएका महिलाहरु आत्मनिर्भर तर्फ उन्मुख भएका र तालिमको माग समेत दिन प्रतिदिन बढ्दै गएको छ । गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अनर्तगत संचालनमा आएका तालिमवाट महिला तथा वेरोजगारहरुका लागि आयआर्जनका लागि गतिलो माध्यम बनेको छ । सिपविकास तालिम मुदायको मागका आधारमा स्थानिय समुदायसम्म पुग्न सफल भएको छन् । तालिम संचालन गर्नुमात्र ठुलो कुरा होईन माग अनुसारको सिप सिकाउनका लागि योग्य, दक्ष प्रशिक्षक उपलव्ध गराउनु ठुलो कुरा हो । विगतका समयमा सिपविकाश तालिम सिकेर व्यवसाय संचालन गर्न नसक्नेहरु यस पटक सिप सिकेपछि दंग मात्र भएका छैनन अवका दिनमा सहज रुपमा आयआर्जन गर्दै आत्मनिर्भर र स्वावलमवी वन्न सफल भएका उदारणहरु प्रसस्त रहेका छन् ।

    सीप विकास तालिमका माध्यमबट महिलाहरु मात्र आत्मनिर्भर भएका छैनन् पुरुषले पनि त्यसको फाईदा लिदै आएका छन् । तालिमले सीप नहुनेका लागि सीप मात्र दिएको छैन उनीहरुको जीवनमा ठुलै परिवर्तन गरिदिएको छ । आफ्नै घर आगमनमा मेड्पा कार्यक्रमबट निःशुल्क रुपमा तालिम दिएपछि युवा युवतिहरु निकै खुसी भएकाछन् । तालिम लिएपछि व्यवसाय संचालन गर्दै आएका उदारणहरु प्रशस्तै छन् । तालिमले जीवनमा ठुलै शिक्षा दिएकाले आफुहरुलाई व्यवसाय संचालनका लागि सहज भएको सिप सिक्नेले दावी गर्दै आएकाछन् । प्रभाबकारी ढगंले व्यवसाय संचालन गर्न सक्षम बनेको महशुश गर्दै सिप हुँदा र नहुदा व्यवसाय संचालनमा फरकपन हुने गर्दछ ।

    विगतमा आधारभुत सीप सिकेर व्यवसाय संचालन गर्दै आएकालाई एड्भान्स तालिम दिए पश्चात यस व्यवसायमा ठुलै सुधार आएको पाइन्छ । एड्भान्स तालिम सिकेपछी सहज रुपमा आम्दानी गर्न सक्ने र ग्राहकको मागलाई पुरा गर्ने क्षमतामा वृद्धि हुन्छ । प्रशिक्षण राम्रो भएकाले एडभान्स व्यवसाय संचालन गर्न सहज वन्ने र आम्दानीमा परिवर्तन हुन्छ । व्यवसाय संचालन गर्न सक्नेगरी प्रशिक्षकले सिप सिकाए पश्चात मेड्पा कार्यक्रमवाट मुलुकभरका धेरै स्थानिय तहमा ठुलै परिवर्तन आएको छ । स्थानिय निकायले संचालन गरेको सिपमुलक तालिमको तुलनामा घरेलु कार्यालयवाट विगतमा संचालनमा भएका तालिमहरु निकै प्रभावकारी बन्ने गर्दथे । जीवनमा ठूलाे शिक्षा भनेको पढाई भन्दा सीप हुन्छ । उद्यमीका लागि आधारभुत तालिमको भरमा मात्र व्यवसाय गर्दा भन्दा एड्भान्स तालिम लिए पश्चात व्यवसायीक यात्रा अझ सुरक्षित र विश्वसनिय रहने देखिन्छ । सिपले धेरैमा आत्मनिर्भर तथा स्वावलम्वन बनेका उदारण प्रसस्त छन् । प्रक्षिक्षार्थीलाई प्रयोगात्मक कक्षासँगै सैद्धान्तिक ज्ञान दिएकाले पनि उनिहरुलाई आगमी दिनमा व्यवसायमा कुनै समस्या हुदैन् ।

    महिलाले केही गर्न सक्दैनन् भन्ने हाम्रो समाजमा जुन बुझाई छ, त्यसको अन्त्य सजिलैसँग तालिम पाएर व्यवसाय गरेका महिलावाट प्रमाणित भएकाछन् । सिप पश्चात धेरै दिदिवहीनिहरु आत्मनिर्भर वन्दै आफना पौरखी हातलाई प्रयोगमा ल्याउदा कम लगानीमा धेरै आम्दानी गर्दै आएको पाइन्छ । यतिवेला दाम र नाम दुवै सिपले दिएको छ । सिप सिक्दैमा दक्ष हुने होईन प्रयोगमा ल्याएर आयआर्जनमा जुटाउदा दक्ष र कुशल व्यवसायी वन्न सकिन्छ । आफुले सिकेको सिपलाई आफुमा मात्र सिमित नराखी अन्य दिदि वहीनिलाई पनि सिकाउदै आयआर्जनमा लगाउने र व्यवसायलाई अगाडी बढाउन आवश्यक छ ।

    धेरै दिदि बहीनिहरु गाउँ गाउँमा अझै पनि बेराेजगार रहेको अवस्थामा मागको आधारमा संचालनमा आएका तालिमहरु निकै प्रभाबकारी बन्दै आएका छन् । त्यसरी दिईएका सिपविकाश तालिम पश्चात त्यसलाई महिला दिदिवहीनिहरुले प्रयोगमा ल्याउदा सानो व्यवसाय गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ । सिकेको सीपलाई व्यवसायमा वदल्दा स्वदेशमै राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र उद्यमीमा सृजनशिलता, लगनशिलता र धैर्यता हुँदा व्यवसाय अगाडी बढ्ने निश्चित छ ।

    तालिमहरु लक्षित समुदायसम्म पुगेकाले महिलाहरु यतिवेला आयआर्जन गर्न आत्मनिर्भर तथा स्वावलम्वी वन्नेको संख्यामा बृद्धि भएको छ । सिकेको सिपलाई प्रयोग गर्दै व्यवसाय संचालन गर्ने महिला दिदिवहीनिका लागि आवश्यक सहयोग गर्न आवश्यक छ । आर्थिक रुपमा समृद्ध बनाउन लघु, घरेलु तथा साना उद्योगको महत्वपूर्ण भुमिका हुन्छ । अवका दिनमा परनिर्भर हुने होईन सिकेको सिपलाई व्यवहारमा लागु गर्दा मनग्ये आम्दानी गर्न सकिने उदारणहरु प्रसस्त रुपमा रहेका छन् । उद्यमी बनेर आत्मनिर्भर बन्ने कार्यमा लाग्दा सिकेको सिप विकाश तालिमवाट धेरैको जीवनमा ठुलै परिवर्तन भएको पाइन्छ ।

    लेखक म्याग्दे गाउँपालिकामा अधिकृत सातौ हुन्