सामाजिक सञ्जाललाई मर्यादित सूचना र ज्ञानको श्रोतको रुपमा प्रयोग गरौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    सामाजिक सञ्जाललाई मर्यादित सूचना र ज्ञानको श्रोतको रुपमा प्रयोग गरौ

    सदिक्षा रेग्मी

    १८ जेष्ठ २०८२, आईतवार

    सामाजिक सञ्जाल भनेको एउटा सञ्जाल हो जसमा संसारको कुनै एउटा कुनामा रहेको व्यक्ति संसारको अर्को कुनै ठाउँमा रहेको व्यक्तिसंग सिधा सम्पर्कमा रहन सक्छ । अर्को शब्दमा भन्नु पर्दा विभिन्न यन्त्र तथा प्रविधिको प्रयोग गरेर श्रव्य , दृश्य,  तथा श्रव्य दृश्यका सामाग्री मार्फत अध्ययन लगायत अन्य कुराको लागि प्रयोग गरिने सञ्जाल सामाजिक सञ्जाल हो । सुचना प्रविधिमा सामाजिक सञ्जालको प्रयोग गरेर हामीले नयाँ विषयबस्तुको खोजी गर्दा छिटो, सहज र कुशल तरिकाले ज्ञान प्राप्त गर्न सक्छौँ ।

    पछिल्लो समय मानिसहरुले सामाजिक सञ्जालको प्रयोग गरेर आफ्नो ज्ञानको दायरालाई फराकिलो बनाएको देख्न सकिन्छ । त्यसको साथ साथै सामाजिक सञ्जालको द्रुततर विकासले मानिसको जिवनमा निकै परिवर्तन ल्याइरहेको छ भने यसले मानिसलाई संसारको अर्को कुनामा रहेको कुनै अर्को व्यक्तिसंग सिधा सम्पर्कमा रहनका लागि मदत गर्दछ । यसले नयाँ विषयबस्तुको खोजीमा सघाउन लगायत नयाँ ज्ञानको क्षेत्रसँग अद्यावधिक हुन मद्दत गर्दछ । हामिले सामाजिक सञ्जाललाई सूचना संकलन , मण्डारण , व्यवस्थापन एवम् सम्प्रेषण गर्ने माध्यमको रुपमा पनि चिनिन्छ । यसको प्रयोग मानिसहरुले कुनै पनि सिप सिकाई, सहजिकरण र नयाँ विषयवस्तुसँग साक्षात्कार हुन गरेका उदाहरणहरु धेरै छन् ।

    सामाजिक सञ्जालले हामिलाई ज्ञानको दायरा फराकिलो बनाउँदै अघि बढ्न सामाजिकिकरण प्रक्रियामा सहयोग त गर्छ नै यसको साथै केहि प्रयोगकर्ताको कमजोर मनोवृत्ति र खराव मानसिकताका र आचारणका  कारण दिनप्रतिदिन नकारात्मक क्रियाकलाप पनि हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग गरेर अरुलाई गालि गर्ने, नराम्रा टिप्पणिहरु गर्ने जस्ता गतिविधि बढ्दो छ । अरुको नाममा खाता खोल्ने, दुख दिने, धम्कि दिएर मानसिक तनाव दिने जस्ता व्यवहारहरुले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । यस्ता गतिविधिहरुले गर्दा मानिसलाई शारिरीक तथा मानसिक असर पार्ने गर्दछ , जसले गर्दा मानिसहरुले आफ्नो अस्तित्व समेत गुमाउन विवस भैराखेका कैयौँ घटनाहरु दिनानुदिन सुनिन थालेका छन् ।

    सामाजिक सञ्जाल आफैँमा अभिसाप नभई आधुनिक समयको विज्ञान र प्रविधिले ल्याएको नविनतम उपलब्धि हो । सामाजिक सञ्जाल प्रयोग गर्ने केहि प्रयोग कर्ताहरुले साइवर इथिक्स भन्दा बाहिर गई आफ्ना नराम्रा गतिविधि गराउने, शान्त र सुसभ्य रुपमा रहेको समाजलाई भङ्ग गरी व्दन्द निम्त्याइरहेका छन् । हामि शिक्षित बालबालिकाहरु, समाज परिवर्तनका संवाहकहरुले सहि र गलत छुट्याई समाजको अग्रगामी विकासका लागि अगाडी बढ्नुपर्छ । कानुन बनाएर मात्र नभई कानुनको सहि कार्यान्वयन तर्फ आम नागरीक लाग्नुपर्ने देखिन्छ । नियमक निकायले चुस्त, दुरुस्त र विभेद रहित वातावरणमा मुल्यांकन गरी शान्त र मर्यादित वातावरण निर्माणमा अहम भूमिका खेल्न सक्छ भने आम नागरिकले मानवीयता सम्झँदै हामि सबै नेपाली , नेपाल हाम्रो साझा घर अनि नेपाली हाम्रा दाजु- भाई, दिदि -बहिनी भन्ने भावनाको विकास गर्न आवश्यक छ ।

    सुझाव तथा प्रतिक्रियाका लागि Sadikshyaregmi013@gmail.com