गोविन्द भट्टराई र सर्वेन्द्र खनालको दोस्रो हार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    गोविन्द भट्टराई र सर्वेन्द्र खनालको दोस्रो हार

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८०, बिहीबार

    दमौली । विसं २०७४ सालको निर्वाचनमा तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उम्मेदवारको आकांक्षी थिए गोविन्द भट्टराई । तर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठाउँ नछाडेपछि भट्टराई प्रदेश सभामा चुनाव लड्न बाध्य भए । पार्टीले उनलाई तनहुँ १ प्रदेश १ को टिकट दियो ।

    बाम गठबन्धन रहेको त्यो बेला भट्टराईको प्रतिस्पर्धी थिए नेकपा एमालेका रामबहादुर गुरुङ । बाम गठबन्धनको भन्दा नेपाली कांग्रेस एक्लैको मत बढी रहेको उक्त प्रदेशमा भट्टराईले सहज जित निकाल्ने आंकलन थियो । ६ सिटमध्ये पॉच सिटमा बाम गठबन्धनको मत बढी हुँदा बाम गठबन्धनका उम्मेदवारले जितेपनि भट्टराईले चुनाव नहार्ने विश्लेषण थियो ।

    तर निर्वाचनको नतिजा फरक आयो । भट्टराई मात्रै पराजित भएनन्, ६ वटै सिटमा कांग्रेस क्लिन स्वीप भयो । एमालेका रामबहादुर गुरुङ १८२६५ मत प्राप्त गरी विजयी भए । कांग्रेसका भट्टराईले १६८७८ मत प्राप्त गरे ।

    भट्टराई २०७९ मंसिर ४ को निर्वाचनमा पनि तनहुँ-१ को आकांक्षी थिए । तर पुन: रामचन्द्र पौडेलले टिकट ल्याए । भट्टराई चुनाव लड्नबाटै वञ्चित भए । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको ठाउँमा बल्ल भट्टराईले टिकट पाए । यो पटक पनि सत्ता गठबन्धनको मत बढी रहेकाले उनले जित्ने निश्चित भएको दावी गरिएको थियो ।

    तर भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेसँग भारी मतले पराजित भएका छन् । वाग्लेले ३४९१९ मत पाउँदा भट्टराईले २०१२२ मत पाए ।

    पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर ४ मा काठमाडौ-६ बाट टिकट पाए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भए । खनाल १४२०४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी नेकपा (एमाले) सर्वेन्द्र खनालले ८९११ मत ल्याए ।

    उनै खनाल २०८० वैशाख १० को उपनिर्वाचनमा तनहुँ-१ बाट पराजित भएका छन् । खनालले ८४८८ मत प्राप्त गरे ।